
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओेलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने बताएका छन्। बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका थिए ।
अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु पर्दै म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं म तयारै छु ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उक्त भनाइ बाेलेका हुन् एक श्राेतले बताए अनुसार मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए ।





