April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

सरकारसँग वार्ता गर्न विप्लव समुहद्वारा वार्ता टोली गठन

  • 29
    Shares

काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा वार्ता टोली गठन गरेको छ।

आज छलफलका लागि सरकारले गृहमन्त्री राम बहादुर थापा नेतृत्वको तीन सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको हो ।

पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुन् । वार्ता टोलीमा उदय बहादुर चलाउने (दीपक) सदस्य रहेका छन् ।

पार्टी महासचिव विप्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताको विषयमा वार्तामा बस्न हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।”

शीर्ष समाचार

धेरै पढिएको