April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

सभामुख सापकोटाले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्ने

  • 18
    Shares

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्ने भएका छन् ।

सापकोटाले आज संसद भवन बानेश्वरमा सातौं अधिवेशन बैठकका लागि भैरहेको तयारीका सम्बन्धमा स्थलगत अवलोकन गरि जानकारी लिएका छन् । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे ।

बैठकको तयारीका लागि आफूले भोलिबाट दलहरुसँग परामर्श सुरु गर्न लागेको समेत उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको