April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जले

ताप्लेजुङ, ताप्लेजुङको दोभान बजारमा मंगलबार भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ अर्थात  जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगो लागेको हो ।

बजारमा हाल ३५ घर जलेर पुरै नष्ट भइसकेको बताइएको छ । आज बिहान १० बजे विद्युत् चुहिएर आगलागी भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ ।

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिएका छन् । सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको