April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

बिरगंजमा जिल्ला बचत सहकारी सघंको सचीवमा प्रभाकर गुप्ता निर्वाचित

  • 121
    Shares

बिरगंज, जिल्ला बचत तथा ऋण सहकारी सघं लिमिटेड पर्साको अध्यक्षमा राजेश पण्डित कुम्हार निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न भएको चुनावी सभाबाट अध्यक्षका उम्मेदवार हरेराम प्रसादलाई ३ मतले पराजित गर्दै पण्डित अध्यक्षमा चयन भएका हुन् ।

उनका प्रतिद्वन्दी हरेराम प्रसादले ५९ मत प्राप्त गरे भने पण्डितले ६२ मत प्राप्त गरेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा पन्नालाल महतोलाई १२ मतले पछि पार्दै असगर अलि अन्सारी निर्वाचित भए भने उपाध्यक्षमा दिल्लीविक्रम कार्कीलाई १५ मतले पछि पर्दै राकेश यादव भएका छन् ।

यस्तै ४९ मत प्राप्त गरेका इश्वरचन्द्र यादवलाई हराउँदै ७१ मत प्राप्त गरी जिष्णु बराल महासचिवमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस निकट सचिवमा प्रदिप प्रसाद पटेललाई पराजित गर्दै नेकपा निकट प्रभाकर गुप्ता विजयी भएको निर्वाचित समितिका सदस्य बृजकिसोर पटेलले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको