April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

कार्यकर्ता भेला सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरामा

  • 1
    Share

कास्की, प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि सोमबार पोखरा पुगेका छन् ।

यती एयरलाइन्सको विमानबाट पोखरा पुगेका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

शीर्ष समाचार

धेरै पढिएको