April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

राष्ट्रपतिद्वारा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान 

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार उनले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेको र सोहीअनुसार राष्ट्रपतिले २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिएका छन्  ।

यस्तै अब संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिनेछ ।  

शीर्ष समाचार

धेरै पढिएको