April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

  • 10
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा रङ्गशालाको निरीक्षण गर्नुहुने भएको छ ।

पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली पोखरा जाने भएपछि सोही अवसरमा उनलार्ई रङ्गशालामा स्वागत गरिने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिय फूटबल रङ्गशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्शीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको