
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेकपा स्थायी कमिटीको बैठक पुनः शुरु भई केही बेरमा सम्पन्न भएको छ। बैठकमा सदस्यहरूले पार्टी एकता गम्भीर सङ्कटमा पुग्नलागेको त होइन ? भन्ने अवस्था आएको र पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृढ गर्न नेताहरूबीच आपसी छलफल गर्नुपर्नेमा जोड दिएकाे बैठकपछि पार्टी प्रवक्ता नरायणकाजी श्रेष्ठले बताए ।
त्यसका लागि आजै र भोलि पनि पार्टीका नेताहरूबीच छलफल हनुपर्नेमा सदस्यहरूको जोड रहेको उनकाे भनाइ छ । सोही अनुरुप अर्को बैठक शनिबार ११ बजे बस्ने तय भएको छ ।





