April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

काठमाडौं, आइतबार नेपालमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १४३ पुगेको हो ।

हाल देशभर ९ सय ६२ सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ रहेको छ । हालसम्म देशभर २१ लाख ६२ हजार ९ सय ३६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको