April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं महानगर अगाडि प्रतिगमनको प्रतिरोधमा बृहत नागरिकको धर्ना

  • 7
    Shares

काठमाडौं, बालाजु बाइपासमा सडक विस्तारका क्रममा स्थानीय जनताका घर भत्काई कमलपोखरीमा कंक्रिट संरचना बनाइएको विरोधमा आज काठमाडौं महानगरपालिकामा धर्ना दिइएको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाइमा आइतबार भएको धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूका प्रतिनिधिको सहभागीता रहेकोे थियो । विकासका नाममा जारी प्रतिगमनको प्रतिरोधमा धर्ना आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

यसअघि गत शुक्रबार उनीहरुले कमल पोखरीमा बनाइएको कंक्रिट संरचनासमेत भत्काइदिएका थिए । काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि मार्चपास गरेको थियो ।


शीर्ष समाचार

धेरै पढिएको