औद्योगिक पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् ।
प्रधानमन्त्री ओलीलाई यति एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्र्ताले भव्य स्वागत गरेका थिए ।
उनले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस्