April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सर्वोच्च पुगेर प्रचण्डले अवहेलना मुद्दामा बुझाए लिखित जवाफ

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सर्वाेच्च अदालतमा अवहेलना मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।

आफूविरुद्ध लागेको अदालत अवहेलना मुद्दा सम्बन्धमा लिखित जवाफ पेस गर्न आइतबार प्रचण्ड आफैं अदालत उपस्थित भएका हुन् ।

लिखित जवाफ बुझाएर हाल प्रचण्ड अदालतबाट फर्किसकेको प्रचण्डनिकट स्रोतले बताएको छ ।
गत माघमा विराटनगरमा आयोजित विरोध सभामा सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले सर्वोच्चमा रिट दाएर गरेका थिए ।

सोही सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियाे ।

शीर्ष समाचार

धेरै पढिएको