April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं, कोरोना संक्रमणबाट यो साता विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । योसँगै २१ देशमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको हो ।

यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार  शनिवार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।   

शीर्ष समाचार

धेरै पढिएको