
काठमाडौं – नेपालमा काेराेना भाइरस संक्रमितको संख्या १४ हजार ५११ जना पुगेकाे छ । जसमध्ये १ हजार ८८३ जना महिला संक्रमित छन् भने १२ हजार ६३६पुरुष संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै थप ४७३ जना नयाँ संक्रमित थपिएकाे छ । जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन् ।
जम्मा संक्रमित मध्ये ५ हजार ३२० जना सफल उपचार पछि घर फर्कि सकेका छन् । ५३२० डिस्चार्ज भएकाहरु मध्ये आज ६६४ जना डिस्चार्ज भएका छन् । आज थप १ जनाकाे मृत्यु भएको छ । याे सँगै नेपालमा काेराेना बाट मृत्यु हुनेकाे संख्या ३१ पुगेकाे छ । नेपालकाे सबै जिल्लामा काेराेना संक्रमित पुगिसकेको छ ।





