April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

पहिले जसरी नै संसद् चल्छ, अब दलहरुबीच छलफल र समझदारी हुन्छ: सभामुख सापकोटा

  • 1
    Share

चितवन, सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, “पहिले जसरी संसद् चलेको थियो । त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।” राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ ।राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको