March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

थप ८१ जनमा कोरोना संक्रमण पुष्टि, ४८ जना डिस्चार्ज

काठमाडौं, शनिबार नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना निको भई ४८ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३२५ पुगेको छ ।

हाल देशभर ६२ जना क्वारेन्टाइनमा रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७७३ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको