April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेकपा विवाद छिट्टै टुङ्ग्याएर निकास दिने आयोगको दाबी

  • 15
    Shares

काठमाडौं, निर्वाचन आयोगले नेकपाको आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गरि सम्बन्धीत पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरिरहेको छ ।

सर्वोच्च अदालतबाट भएको संसद पुनःस्थापनाको निर्णयपछि समय चापका हिसाबले निर्णय दिन केही सहजता भए पनि प्राप्त जिम्मेवारीलाई आयोगले छिट्टै निकास दिन अध्ययन र परामर्श गरिरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

उनले भने, “दलसम्बन्धी विषयमा दर्ता भएको निवेदनमा आयोगबाट अध्ययन, परामर्श भइरहेको छ । यो विषयमा पक्षसँग औपचारिक र अनौपचारिकरुमा छलफल जारी छ ।”

निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन गर्नुपर्ने समयको चाप सर्वोच्च अदालतको निर्णयबाट हटेपछि समयका हिसाबले केही सहजता भएको बताउँदै उनले आयोग सो विषयलाई छिट्टै नै टुङ्ग्याएर निर्णय र निकास दिने क्रममा रहेको स्पष्ट पारेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको