April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

बारामा वडा अध्यक्ष बैजनाथ गुप्ताद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

बारा, जिल्लाको प्रसौनी गाँउपालिकामा शनिबार आयोजित खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष बैजनाथ गुप्ताको आयोजनामा भएको उक्त कार्यक्रममा ८ महिला सहित ११२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रम उद्धाटन भने प्रदेश नं. २ को पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गरेका हुन् । सो कार्यक्रमको उद्धाटन गर्दै मन्त्री सोनलले रक्तदान गर्नेहरुलाई धन्यवाद दिदै रक्तदानबाट बहुयामी फाईदा हुने बताए । रक्तदान कार्यक्रम संस्थानले मात्र नभई व्यक्तिले पनि आयोजना गर्न सक्ने उनले बताए ।

सो कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, उपाध्यक्ष गीता देवी, वडा अध्यक्ष बैजनाथ गुप्ता, रक्त सञ्चार केन्द्र बिरगंजको प्राबिधिक प्रमुख सौरभराज पाण्डे, गाउँ कार्यपालिका सदस्य सन्जु साह लगायतको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको