
काठमाडौं – केही युवाहरुले बिहीबार काठमाडौकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् । राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् ।
उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएको छ । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नपाईने उनिहरु बताउछन् । उनीहरु हात हातमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ र फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको ब्यानर लिएर नाराबाजी गरेका हुन् ।





