April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए

  • 10
    Shares

काठमाडौं, शुक्रबार नेपालमा थप ११२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९४४ जनामा पीसीआर परीक्षण गर्दा ११२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ५४ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म दुई लाख ७० हजार २७७ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्युको भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट दुई हजार ७७१ जनाको मृत्यु भएको छ । हाल ९३६ जना आइसोलेशनमा छन् भने ७१ जना क्वारेन्टिनमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको