April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा

  • 1
    Share

गोरखा, बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँसभाको आठौँ बैठकले प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दशबर्षे जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति दिवसका अवसर पारेर सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।

उनले भने, “जनयुद्धका प्रथम शहीद रम्तेलको स्मृति दिवसका अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको छ, जनयुद्ध र ०६२÷६३ को जनआन्दोलनको जगबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएकाले वास्तविकतालाई मनन गर्न गाउँपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।”  

आज गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षणसंस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ । 

शीर्ष समाचार

धेरै पढिएको