April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

काठमाडौंमा पुनः बर्डफ्लु देखिएपछि साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट 

  • 1
    Share

काठमाडौं, काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लु संक्रमण देखिएको छ । तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले बताएका छन् ।

बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँका साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । पशु सेवा विभागका प्रवक्ता ढकालले शुक्रबार बिहान भने, ‘अहिले हामी (केन्द्रीय बर्डफ्लु समन्वय समितिको) बैठक बसिरहेका छौं । केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’

तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पुश सेवा विभागले जनाएको थियो । हाल फेरि सोही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको