April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

कांग्रेस नेता जोशीलाई मस्तिस्कघात, अवस्था गम्भीर भएपछि शल्यक्रियाको तयारी

काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिस्कघात भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको मस्तिस्कमा पानी जमेको उनका पारिवारिक स्रोतले जनाएको छ ।

बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । विर अस्पतालमै उपचार गराउँदै आएका जोशीलाई आज विहान नर्भिक अस्पताल रिफर गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार जोशीको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भईरहेको जनाईएको छ । जोशीको यसअघिपनि छातीमा समस्या देखिदै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको