April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

कांग्रेसको पदाधिकारी बैठक सम्पन्न, सत्ताको खेलमा संलग्न नहुने अडान

  • 35
    Shares

काठमाडौं, नेपाली कांग्रेसले सत्ता समीकरणबारे छलफल गर्ने अवस्था नै नआएको बताएको छ । आज कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको  पदाधिकारी बैठकले नेकपाको अबको अवस्था हेरेर अगाडि बढ्ने र सत्ताको खेलमा पार्टी संलग्न नहुने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

उनले भने, ‘अहिले के गर्नै भन्ने स्थिति आएकै छैन, परिपक्क स्थिति बनेकै छैन। कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्छ। अहिलेसम्म एकै छ, संसदीय दलको नेता ओली जी नै हुनुहुन्छ, यो अवस्थामा भोलि उहाँहरुको पार्टी कसरी अगाडि बढ्छ, एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा कांग्रेसको नियन्त्रणको कुरा होइन।’

नेकपाको टुङ्गो नलागेसम्म सत्ता समीकरणबारे कुनै निष्कर्ष ननिकाल्ने कांग्रेसको अडान छ । सत्तामा जान कांग्रेसलाई कुनै हतार नभएको मन्त्री महतले बताए ।

शीर्ष समाचार

धेरै पढिएको