March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

भारत जाँदा अब पीसीआर रिपोर्ट अनलाइनमा अनिवार्य अपलोड गर्नुपर्ने

  • 32
    Shares

काठमाडौं, भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिर्पोट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।

अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

यस्तै कोभिड–१९ को पीसीआर रिर्पोट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिर्पोट समेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेवसाइटमा गएर अपलोड गर्न सकिनेछ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यसअघि पीसीआर रिर्पोट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको