April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

राजनीतिक संकट टरेर संविधान लिकमा फर्क्यो: पूर्वसभामुख ढुंगाना

काठमाडौं, पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुनर्स्थापनासँगै राजनीतिक संकट टरेर संविधान लिकमा फर्केको बताएका छन् ।

त्यसका लागि उनले संविधान रक्षक र नागरिक अभियन्तालाई बधाई दिँदै दायित्व भने अझै बाँकी रहेको उल्लेख गरेका छन् ।

आज बिहान सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै पूर्वसभामुख ढुंगानाले प्रतिनिधि सभा अकालमा मार्न खोज्नेलाई दण्ड के दिने भनेर प्रश्न पनि गरेका छन् ।

उनले लेखेका छन्, ‘राजनीतिक संकट टर्‍याे, संविधान लिकमा फर्क्यो। सम्मानित, सर्वोच्च अदालत एवं संविधान रक्षक नागरिक आवाज तथा अभियन्ताहरूलाई हार्दिक बधाई। दायित्व अझै बाँकी छन्, चरम भ्रष्टाचारवर्धक, संविधानको नग्न उल्लंघन प्रवृत्ति रोक्ने कसरी? प्रतिनिधिसभा अकालमा मार्ने वा बचाउन नसक्नेहरूलाई दण्ड के?’

शीर्ष समाचार

धेरै पढिएको