March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

ओली- प्रचण्डलाई पार्टी सचिवालयको बैठक बोलाउन गौतमको आग्रह

  • 12
    Shares

काठमाडौं, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

उनले गौतमले आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले गरेको फैसलासँगै प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक ठहर भएकाले तल्काल राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

उनले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालयको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउन आग्रह गरेका छन् ।

संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गरेको बताउँदै राष्ट्रपतिले प्रतिनिधि सभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको