February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

ओली समूहद्वारा स्थायी कमिटी बैठक आह्वान

  • 16
    Shares

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि छलफल गर्न नेकपा ओली समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

आज बिहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेको सो समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी कदमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने ओली निकट स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि रणनीति बनाउन ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।

उता नेकपाकै प्रचण्ड–माधव नेपाल समूहले पनि आजै अपरान्ह चार बजे संंसदीय दलको बैठक बोलाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको