April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता

काठमाडौं, सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले देशभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ ।

हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए ।

उनले भने, “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ । संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”

शीर्ष समाचार

धेरै पढिएको