
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ४६ जना पुगेकाे छ जसमध्ये महिला १ हजार ७७४ बाकी पुरुष रहेका छन् । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप ४८२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा ३६५ पुरुष र ११७ महिलामा सङ्क्रमण देखिएको बताएका छन् । अाज थप १ जनाकाे मृत्यु भएको छ । याे सँगै मृत्यु हुनेकाे संख्या ३० जना पुगेकाे छ । हालसम्म डिस्चार्ज हुनेकाे संख्या ४ हजार ६५६ जना पुगेकाे छ ।





