March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

चैनपुरको श्रेष्ठ आयल सप्लायर्समा आगजनी

  • 1
    Share
सांकेतिक तस्वीर

संखुवासभा, चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा मंगलबार बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

योसँगै सप्लायर्ससँग जोडिएको राउत कम्प्लेक्सको बिल्डिङसमेत आगजनीबाट क्षति भएको छ । कम्प्लेक्ससँगै जोडिएको रेडियो अरुण, टच हेल्पिङ ह्यान्ड पोलिक्लिनिक, शुभ होटेललगायत बिल्डिङमा समेत आगजनीबाट सामान्य क्षति भएको छ । आगलागीका कारण भने खुल्न सकेको छैन । 

शीर्ष समाचार

धेरै पढिएको