April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

नवनियुक्त प्रदेश प्रमुख झाले दुर्घटनामा परेका ४ जनालाई पुर्‍याए अस्पताल

काठमाडौं, प्रदेश २ का प्रदेश प्रमुखमा भर्खरै नियुक्त भएका डा.राजेश झा अहिराजले सडक दुर्घटनामा परेका चार जनालाई घटनास्थलबाट उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

प्रदेश प्रमुख झा जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी छट्पटाइरहेको देखेपछि उनीहरुलाई रौतहटको चन्द्रनिगाहपुरस्थित अस्पतालमा पठाउने व्यवस्था गरेका हुन् ।

‘म नेपाली सेनाको कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा मानिसहरु छटपटाइरहेको र अरु मानिसहरु जम्मा भएको देखेँ र त्यहाँ गएर बुझ्दा अवस्था गम्भीर पाएँ,’ झाले सञ्चारमाध्यमसँग भने, ‘त्यसपछि मैले आफ्ना एकजना सुरक्षाकर्मीसहित उनीहरुलाई अस्पताल पठाएँ किनभने नागरिकको जीवन रक्षाभन्दा ठूलो कुरा केहि पनि होइन ।’

उनी गत शुक्रबार प्रदेश प्रमुखमा नियुक्त भएका थियो ।

शीर्ष समाचार

धेरै पढिएको