March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

चुनावका लागि आवश्यक सामग्री खरिद गर्न आयोगद्वारा बोलपत्र आह्वान

  • 1
    Share

काठमाडौं, निर्वाचन आयोगले चुनावको सामग्री किन्ने प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप आयोगले किन्न लागेको हो ।

निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरेको हो ।

सरकारले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर सामाग्री खरिद गर्न लागिएको आयोगले जनाएको छ ।

यस्तै नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको