February 27, 2021, Saturday
२०७७ फाल्गुन १५, शनिबार

एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ: नेता बाँस्कोटा

  • 3
    Shares

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना नहुने दाबी गरेका छन् ।

सूर्य चिन्हपनि प्रधानमन्त्री आली नेतृत्वको नेकपाकै हुने उनले दाबी गरेका छन् । आज मध्यरातमा सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो दाबी गरेका हुन् ।

बाँस्कोटाले एक, दुई तीन संसद पूनःस्थापना नहुने दाबी गर्दै उनले लेखेका छन्, “अदालतमा विचाराधीन मुद्दालाई बाेलेर लेखेर प्रभावित पार्ने हाे भने मैले पनि लेखे ल !एक -दुई -तीन संसद पुनःस्थापना हुदैन चुनावपछि नयाँ संसद बन्छ । साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन । प्रतिकृया त जे लाग्छ साे देऊ न ।”

शीर्ष समाचार

धेरै पढिएको