संवैधानिक इजलासमा संसद विघटनको मुद्दा हेर्दाहेर्दैको पेसीमा

काठमाडौं, प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार हेर्दाहेर्दैको पेसीमा राखेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानून व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो
उक्त मुद्दाको फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् ।
मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ । बढीमा तीन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्