
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी पाँचाै बैठक बालुवाटारमा केही समय शुरु भएर स्थगित भएको छ । केही सदस्यले बाेलेपछि भाेलि ११ बजे पुनः बस्ने गरी स्थगित भएकाे हाे । नेताहरूकाे संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएकाे हाे ।
नेकपाको स्थायी कमिटी बैठकमा मङ्गलबार नेताहरूबीच गम्भीर बहस भएपछि बुधबार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आन्तरिक छलफल भएको थियाे । स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्ड बालुवाटारमा पुगेर अर्का अध्यक्ष ओलीसँग परामर्श भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराएका छन् ।
दुई अध्यक्षबीचको परामर्शपछि बैठक शुरु भएकाले आजको बैठक सौहार्द्रपूर्ण ढङ्गले चल्ने विश्वास गरिएको थियाे । बैठकमा दुवै अध्यक्षको सहभागिता रहेको थियाे ।पार्टीको बैठक कार्यसूचीमा नेताहरू बोल्ने क्रम जारी रहे पनि मङ्गलबारको बैठक एजेण्डाबाहिर गएर छलफल भएको थियो ।





