March 6, 2021, Saturday
२०७७ फाल्गुन २३, आईतवार

आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

  • 1
    Share

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । सो बैठक बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्ने गरिन्छ । बैठकको अध्यक्षता परिषद्को प्रमुख तथा प्रधानमन्त्रीले गर्छन् । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ ।

यसअघि यो बैठक ५ कात्तिक ०७७ मा प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको थियो । त्यही राति भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले बालुवाटारमा स्वागत गरेका थिए । 

शीर्ष समाचार

धेरै पढिएको