July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

चुनाव हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ: मन्त्री पोखरेल

file photo

भरतपुर, उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावसँग सम्बन्धित सबै पक्ष तयारीमा जुटेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले निर्वाचन आयोग र सुरक्षा निकाय चुनावको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिएका छन् ।

चुनाव तोकिएको समयमा नै हुने स्पष्ट गर्दै उनले भने, ‘चुनाव हुन्छ कि हुँदैन भनेर आशंका गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । निर्धारित समयमा नै हुन्छ ।’ कहीँ कतै कोही–कोही व्यक्ति, पक्षहरूले चुनाव विरोधी कुरा गरे पनि ती सबै हास्यास्पद रहेको टिप्पणी उनले गरे ।

‘लोकतन्त्रमा विश्वास गर्ने, नागरिकको ताजा जनादेशबाट अगाडि बढ्न चाहने हर कोही यसका विपक्षमा उभिनुपर्ने आवश्यकता छैन । राजनीतिक दलहरू चुनावमा जाने कुरा, नागरिकबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।’, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको