February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

थप ८० जनामा कोरोना संक्रमण पुष्टि, १२१ जना डिस्चार्ज

  • 9
    Shares

काठमाडौं, नेपालमा आज मात्र ८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको को संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ । देशभर आज सक्रिय संक्रमित १ हजार ४ सय ९४ छ भने क्वारेन्टिनमा जम्मा ६८ जना मात्र छन् ।

शीर्ष समाचार

धेरै पढिएको