March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले: नेता पौडेल 

  • 13
    Shares
file photo

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले साथ र समर्थन दिएको बताएका छन् । आइतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले ओलीलाई देउवाको साथ र समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए । उनल्र भने, ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले । संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो ।’

नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रहसमेत गरेका छन् ।

उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए । नेता पौडेलले केही दिनअघि पोखरामा सभापति देउवाको आन्दोलन गर्नका लागि पैसा नभएको भन्ने भनाइप्रति पनि आपत्ती जनाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको