July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रधानमन्त्री ओलीको विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ: कांग्रेस 

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिएको आरोप लगाएका   छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार प्रधानमन्त्री ओलीले विराटनगरमा दिएको मन्तव्य पदिय गरिमा विपरीत भएको बताएका हुन् ।

प्रवक्ता शर्माले लेखेका छन्, “अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने @Pm_Nepal को विराटनगर मन्तव्य पदिय गरिमा विपरीत छ ! न्यायालयको फैसला स्विकार्छौं कहिलै नभन्ने र चेतावनी प्रशारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन l”

शीर्ष समाचार

धेरै पढिएको