July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

तर्साउने र धम्क्याउने कार्यहरुले गणतन्त्रलाई गाईजात्रा बनाए: कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो समय मुलुकमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुको तर्साउने र धम्क्याउने कार्यले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत मुलुकमा बिभिन्न नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए । “

शीर्ष समाचार

धेरै पढिएको