
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज बुधबार पहिलो चरणको छैटौं चार्टर्ड उडानमा नेपाल एयरलाइन्सको RA २३९२ मार्फत १४५ जना र सातऔं पटकको उडानमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको H ९५६३२ उडानमार्फत् कतारबाट १५४ सय जना गरि जम्मा २९९ जना नेपाली स्वदेश फर्केका छन् ।
कतारस्थित नेपाली दूतावासका अनुसार छैटौं चरणको नेपाल एयरलाइन्सको उडानमार्फत् २ जना महिला र १ सय ४३ जना पुरुष रहेका छन् ,त्यसैगरि सातौ चरणको हिमालय एयरलाइन्सको उडानमा ६ जना महिला र १ सय ४८ जना पुरूस पनि आजै नेपाल फर्किएका छन् । सोहि उडानमा कोरोना भाइरसका कारण मृत्यु भएका १ जना नेपालीको शव पनि नेपाल पठाईएको दूतावास स्रोतले बताए।
दूतावासको प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई चार्टर्ड उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मलाय खबरबाट





