July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

सरकारसँग वार्ता गर्न विप्लव सकारात्मक

काठमाडौं, विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको बताएको छ । उक्त पार्टीका महासचिव विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताका लागि पार्टी सकारात्मक रहेको बताएका हुन् ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

शीर्ष समाचार

धेरै पढिएको