March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

थप ८८ जनामा कोरोना संक्रमण पुष्टि, १३६ जना डिस्चार्ज

  • 10
    Shares

काठमाडौं, नेपालमा शनिबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १३६ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६९ हजार ७ सय ५५ रहेको छ । शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

हाल देशभर २१ लाख ३६ हजार ३०९ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको