जनताभन्दा ठूलो न्यायाधीश कोही हुँदैन: ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश कोही नहुने बताएका छन् । शनिबार काठमाडौंको हाँडीगाउँस्थित पुनर्निर्मित भीमसेन मन्दिरको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै उपप्रधानमन्त्री पोखरेलले जनताभन्दा ठूलो न्यायाधीश कोही नहुने भएकाले ताजा जनादेशमा गएर मुलुकलाई स्थिरतातर्फ लान खोजिएको बताएका हुन् ।
उनले राजनीतिक स्थायीत्व भएमात्र मुलुक विकासको बाटोमा अघि बढ्ने र मुलुकबाट अराजकता अन्त्य हुने जिकिर गरेका छन् । उनले एक कार्यकालको सरकारलाई पूरा अवधिभर काम गर्न दिनुपर्ने भएपनि सरकार बदल्ने चलखेल भएको तर्क गरे ।
प्रतिकृया दिनुहोस्