March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

राजधानीमा संसद विघटनविरुद्ध अहिंसात्मक नागरिक प्रदर्शन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेकोविरुद्ध आज पनि काठमाडौं उपत्यकामा प्रदर्शन भएको छ ।

प्राध्यापक डा गोविन्द केसी लागायतको उपस्थिति रहेको उक्त प्रदर्शनमा प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लेखिएको ब्यानर बोकेर विरोध गरेका हुन् ।

उनीहरुले ‘न्यायिक सुशासन कायम गर, संविधानको रक्षा गर, नागरिक अघि बढ्दैछ सवसत्तावाद ढल्दैछ, निरंकुश सरकार चाहिँदैन, संविधनविरुद्धको षड्यन्त्र बन्द गर’लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको