March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

नेकपा ओली समुहमै फर्किए नेता शेरबहादुर तामाङ र उषाकला राई

file photo

काठमडौं, पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् ।

प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताउँदै उनले भनिन्, ‘हो, हामी फर्कियौं, प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’

नेकपा दुई भागमा विभाजन भएपछि शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा लागेका थिए ।

तामाङ चुनावमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् । पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन् । यसअघि संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ दम्पत्तिले विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको