March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

चुनावी सरकारले ठुलो योजनाको ठेक्का गर्न मिल्दैन!: अध्यक्ष भट्टराई

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकार चुनावी सरकार भएकोले यसले ठूला योजनाको टुँगो र ठेक्का गर्न नमिल्ने टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् । उनले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको पनि जिकिर गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, “कुनै भ्रम नरहोस्-म ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी हैन।बरू राष्ट्रिय गौरवका योजनालाई प्राथमिकतामा राख्ने र भारत/चीन/अमेरिका/जापान सबैसंगBIPPA सम्झैता गर्नुपर्छ भन्ने मान्छे हुॅ।तर अहिलेको आफैले घोषणा गरेको’चुनावी सरकार’ले यस्ता ठूला योजनाको टुंगो/ठेक्का गर्न मिल्दैन!”

शीर्ष समाचार

धेरै पढिएको